काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप लामिछानेले खेल जीवनबाट सन्यास लिने आशयसहित सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।
उनले शनिबार मध्यराति दर्शकहरूसँगको तस्वीर सेयर गर्दै आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका हुन् छन् । सन्दिपले लेखेका छन् ‘सबै कुराका लागि सबैलाई धन्यवाद । यो देश र यस सुन्दर राष्ट्रका अद्भुत मानिसहरूले मेरो यात्राको प्रत्येक कदममा सधैँ साथ दिए, अटल सहयोग प्रदान गरे’ ‘तपाईंहरूको माया र हौसला मेरा लागि अमूल्य छन् र सधैँ मेरो हृदयमा विशेष स्थान ओगटिरहनेछन् । शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु ।’ भर्खरै २४ वर्ष मात्र पुगेका सन्दीपले सन्यास आशयको स्टाटस लेख्नुलाई स्वाभाविक मानिएको छैन ।
यसले क्रिकेट समर्थकमा तरंक पैदा गरेको छनै यतिबेला लाखौंको मनमा कौतुहलता पनि ल्याएको छ । सन्दीपले केही ठुलो निर्णय लिन लागे कि भनेर कतिले सन्यासको संकेत भएको समेत टिप्पणी गरेका गर्दै धेरैले खेल जीवनबाट सन्यास नलिन अनुरोध समेत गरिरहेका छन् । सन्दीपले यो स्टाटस राख्नुको पछाडि केहीले भने एटेन्सन पाउनका लागि हो भनिरहेका छन् त केहीले सन्यास र कतिपयले नेपाल छाडेर अर्कै देशबाट खेल्न लागेसम्म भन्न भ्याएका छन् ।
सन्दीपले नेपालका लागि ५८ एकदिवसीय र ५८ टी२०आई खेलेका छन् । नेपाली टोलीबाट विश्वकप पनि खेलिसकेका उनले आइपीएल र बीबीएललगायत विश्वका चर्चित लिगहरू खेलिसकेका छन् । युवा उमेरमै उच्चस्तरको सफलता हासिल गरेका सन्दीपले पछिल्लो समय राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका सन्दीपले जय ट्रफी प्रतियोगितामा अम्पायरले गरेको निर्णयप्रति सामाजिक सञ्जालमार्फ असन्तुष्टि जनाएका थिए । उनले नेपालको अम्पायरिङको स्तरमा ठूलो सुधार आवश्यक रहेको बताएका थिए ।