कार्तिक २२,२०८२ / १० : ३५ अपरान्ह / 2025-11-08 10:35 pm
      • param ad
      • furniture
      • veera Incorporation

      जनमत पार्टीले मनायो ‘धोती दिवस’

      - १० महिना अगाडि
      पौष १७,२०८१

      काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरु माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् । उनीहरु मधेशी समुदायले लगाउने धोती लगाएर सहभागी भएका थिए । आफ्नो पहिरनलाई बिर्संदै गएको भनि राष्ट्रिय पोशाकको रुपमा मधेशी समुदायले धोतीलाई समावेश गरी आज धोती दिवस मनाएको छ ।

      उनीहरुले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

      आजै बसन्तपुर र पाटन दरबार क्षेत्रमा नेपाली टोपी दिवस मनाइएको छ । मधेशी समुदायले सन् २०१६ देखि जनवरी १ तारिखको दिन धोती दिवस मनाउन सुरु गरेका हुन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d