मंसिर २,२०८२ / ०४ : ३६ अपरान्ह / 2025-11-18 04:36 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अर्जुनचौपारी गाउँपालिका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

      - २ हप्ता अगाडि
      पौष १६,२०८१

      स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

      अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मंगलबार अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ मा गुणस्तरहिन ढलान गरेर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो । अर्यालसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुुरण गुरुङ, तत्कालीन इन्जिनियर नवीन थापा, उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले, कोषाध्यक्ष हिमकुमारी केसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम लगायत १२ जनाविरुद्ध मुद्दा दायर भएको छ । 

      उनीहरूले बाटोको कमसल काम गरेर दुई फरक ठाउँमा क्रमश २७ लाख ५ हजार ११ रुपैयाँ र ८ लाख ३४ हजार ३२० रुपैयाँ भ्रष्टाचार गरकोे अख्तियारका सहायकप्रवक्ता देवीप्रसाद थपलियाले बताए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d