मंसिर २,२०८२ / ०४ : ३० अपरान्ह / 2025-11-18 04:30 pm
      • param ad
      • furniture
      • veera Incorporation

      वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेकालाई सम्मान गर्ने आवेदन आह्वान

      - २ हप्ता अगाडि
      पौष १६,२०८१

      काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीहरूलाई राष्ट्रिय सम्मान तथा पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन आह्वान गरेको छ । 

      उनीहरूको योगदानको कदर र प्रोत्साहनका लागि ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यविधि,२०७६’अनुसार पुरस्कृत गर्न लागिएकाले २१ दिनभित्र आवेदन दिन मन्त्रालयले मंगलबार प्रकाशित गरेको सूचनामा उल्लेख छ । 

      कार्य भिसामा विदेश गई कम्तीमा १ वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट नेपाल फर्की व्यवसाय गरेको एक वर्ष पूरा भएको र विगत ५ वर्षभित्र यस प्रकारको पुरस्कार प्राप्त नगरेकाहरू पुरस्कारका लागि योग्य हुनेछन् । 

      तर, विगत वर्षहरुमा यस प्रकारको पुरस्कारका लागि आवेदन पेस गरेको तर पुरस्कारका लागि छनौटमा नपरेका उद्यमीले भने आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d