वैशाख ८,२०८३ / ०२ : ४१ अपरान्ह / 2026-04-21 02:41 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

      - १ वर्ष अगाडि
      पौष १२,२०८१

      काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

      ओलीले सामाजिक सञ्जालमार्फत नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवादहरु सम्झिरहेको उल्लेख गर्दै श्रद्धाञ्जली दिएका हुन् ।

      उनले लेखेका छन् , ‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा.मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु । दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

      सिंहको गएराति दिल्लीमा रहेको एम्स अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो । सिंह भारतको दुई कार्यकाल २२ मे २००४ देखि २६ मे २०१४ सम्म भारतको प्रधानमन्त्री भएका थिए ।

      सन् १९९१–९६ सम्म भारतको अर्थमन्त्री रहेका सिंहलाई भारतको आर्थिक उदारीकरणका नायक मानिन्छ ।

      नेपालको राजनीतिक मामिलामा पनि सिंह अविस्मरणीय पात्र थिए । उनी भारतको प्रधानमन्त्री भएकै बेला नेपालका प्रमुख दल र तत्कालीन विद्रोही माओवादीबीच नयाँ दिल्लीमा १२ बुँदे सम्झौता भएको थियो ।

        सम्बन्धित समाचारहरु