चैत २८,२०८२ / १० : ५८ पूर्वान्ह / 2026-04-11 10:58 am
      • param ad
      • furniture
      • veera Incorporation

      अभियन्ता सुनिता दनुवारको निधन

      - १ वर्ष अगाडि
      पौष ८,२०८१

      काठमाण्डौ – मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । काठमाण्डौको जोरपाटीमा रहेको आफ्नै निवासमा सुतिरहेको ठाउँमा उनि मृत फेला परेको आफन्तले बताएका छन् ।

      उनका श्रीमानले बिहान सुनितालाई उठाउन खोज्दा अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटी पु¥याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

      सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन्  ।

      उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मानसमेत गरेको थियो ।

      पछिल्लो समय उनि सुनिता फाउण्डेशन स्थापना गरेर यही संस्थामार्फत बेचबिखनविरुद्ध क्रियाशील थिइन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d