माघ १२,२०८१ / ०७ : ३४ पूर्वान्ह / 2025-01-25 07:34 am
      • param ad
      • furniture
      • veera Incorporation

      पोखरामा आज पनि रास्वपाको प्रदर्शन

      - एक हप्ता अगाडि
      मंसिर २६,२०८१

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि कास्कीको पोखरामा प्रदर्शन गरेको छ । पोखराको पृथ्वीचोकमा अहिले रास्वपा कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् । सभापति रवि लामिछानेलाई पनि भर्खरै पोखरा पु¥याइएको छ ।

      वीरगन्जको साना पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाबारे बयान सकाएर प्रहरीले केहीबेर अघि रविलाई पोखरा पु¥याएको हो । पोखरामा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

      पृथ्वीचोकमा भइरहेको प्रदर्शनमा सहभागीहरूले ‘मानव अधिकार कायम गर, मानव अधिकार उल्लंघन गर्न पाइँदैन, आईजीपीलाई अनुसन्धान गर, भ्रष्ट सरकार मुर्दावाद, सहकारी पीडितलाई न्याय दे’ लगायतका नाराहरू लगाइरहेका छन् ।

      लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।

      केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख दिपक थापाका अनुसार, सबैतिर बयान सकिएसँगै प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पु¥याएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d