माघ १२,२०८१ / ०९ : १६ पूर्वान्ह / 2025-01-25 09:16 am
      • param ad
      • furniture
      • veera Incorporation

      कमेडी च्याम्पियन–२ का प्रतिस्पर्धी हिक्मत महराको मोटरसाइकल दुर्घटनामा निधन

      - एक हप्ता अगाडि
      मंसिर २६,२०८१

      कैलाली । टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनका पूर्वप्रतियोगी हिक्मत महराको दुर्घटनामा निधन भएको छ । कैलालीको गोदावरीमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा उनले ज्यान गुमाएका हुन् ।

      जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार महराले चलाएको २ प ९११७ नम्बरको मोटरसाइकल गोदावरी मन्दिर नजिक रोकिराखेको ट्रकमा अनियन्त्रित भएर ठोकिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । 

      कमेडी च्याम्पियनको दोस्रो सिजनमा भाग लिएका हिक्मत टप फो सम्म पुगेका थिए । ६ हजार प्रतियोगीसँगै डिजिटल अडिसन दिएर १ सय ८० जनामा छनोट भएपश्चात टप २४, १५, ११ हुँदै उत्कृष्ट चारमा पुगेका हुन् । उत्कृष्ट ४ बाट भने उनी भोटको आधारमा बाहिरिएका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d