काठमाडौं । ६ दिनदेखि बेपत्ता शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ । काबेली खोलामा नुहाउने क्रममा राजेन्द्र बुढाथोकीको शव घटनास्थल भन्दा करिब ५० मिटर पर ७० फिटको गहिराइबाट निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।
ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा सोही गाउँपालिका–५ स्थित पेदाङ बस्ने ४५ वर्षीय बुढाथोकी मंसिर १९ गते बेपत्ता भएका थिए ।
उनको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा मंसिर २५ गते गोताखोरले फेला पारेको हो ।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज मंसिर १९ गते नै उनको खोजी कार्यमा निरन्तर खटिएको थियो ।