माघ १२,२०८१ / ०८ : ५३ पूर्वान्ह / 2025-01-25 08:53 am
      • param ad
      • furniture
      • veera Incorporation

      पोखरा लैजाँदा रवि माथि दुर्व्यवहार नभएको चितवन प्रहरीको दाबी

      - २ हप्ता अगाडि
      मंसिर २४,२०८१

      राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीले जनाएको छ । चितवन प्रहरीले लामिछाने र रास्वपाको दाबी खण्डन गर्दै भ्रम नफैलाउन पनि सबैसँग आग्रह गरेको छ । 

      भरतपुरमा बुधवार राति बयान सकिएपछि लामिछानेलाई हिरासत कक्षमा नलगेको, भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकसँग भेटवार्ता गरेको र भेटघाट कक्षबाटै राति १२ बजेर ५ मिनेट जाँदा पोखरा लगिएको चितवन प्रहरीको दाबी छ ।

      प्रहरीले चितवनमा भएको घटनाक्रमलाई विश्लेषण गरी भीडबाट लामिछानेमाथि सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको र मुद्दा अनुसन्धानका लागि सिमित हदम्याद रहेकाले राति नै लैजान परेको उल्लेख गरेको छ ।

      पोखरामा उपस्थित गराउने क्रममा नेपाल प्रहरीका कर्मचारीले राति सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरी कर्मचारीले जाँडरक्सी खाएको भन्ने आरोप भ्रामक, झुट्ठा र भ्रमपूर्ण रहेको पनि प्रहरीले जनाएको छ ।

      रास्वपाले रवि लामिछानेलाई पोखरा लैजाँदा मानव अधिकारको हनन गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ । यसैगरि, लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको रास्वपाको दावि छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d