माघ १२,२०८१ / ०८ : ४५ पूर्वान्ह / 2025-01-25 08:45 am
      • param ad
      • furniture
      • veera Incorporation

      डोनाल्ड लुले देउवा र प्रचण्ड भेट्ने, प्रधानमन्त्रीसँग छैन भेटघाट तालिका

      - २ हप्ता अगाडि
      मंसिर २३,२०८१

      काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दैछन् ।

      राजनीतिक स्रोतका अनुसार आइतबार दिउँसो लुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड दुवैलाई भेट्ने भएका हुन् । 

      भारत, श्रीलंका र नेपाल भ्रमण क्रममा आज काठमाडौं आइपुगेका लुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम भने तय छैन ।

      प्रधानमन्त्री ओली भने यही बेला गृहजिल्ला झापा उडेकाले लुसँग उनको भेट हुने छैन । 

      यसअघि एमसिसीको अनुमोदन तथा स्टेट पार्टनरसिप प्रोग्रामलाई जोड दिन लु काठमाडौं आएका बेला नेपाली नेतृत्वसँग चर्काचर्की परेको सूचना सार्वजनिक भएको थियो ।

      प्रधानमन्त्री ओली गृहजिल्ला पुग्नुलाई कतिपयले संयोगमात्रै नभई त्यही तिक्ततालाई दिइएको कुटनीतिक प्रतिक्रिया मानेका छन् ।

      अमेरिकी दूतावास स्रोतका अनुसार नागरिक समाज र युवा अन्तक्र्रिया बाहेक उच्चस्तरीय भेट राखिएको छैन । दूतावासले लुको भ्रमण सूची सार्वजनिक गरेको छ, जहाँ प्रधानमन्त्रीलगायत नेताहरुको भेट कार्यक्रम सार्वजनिक छैन ।

      उच्च स्रोतका अनुसार लु र प्रधानमन्त्रीबीच भेट हुने सम्भावना निकै कम छ । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ रहेकाले लुले भेट्ने छैनन् । परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि यति बेला नेपाल बाहिर छिन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d