मंसिर २६,२०८१ / ०९ : ३४ अपरान्ह / 2024-12-11 09:34 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री : इतिहास बोकेको नेवारी संस्कृतिको संरक्षण गर्नुपर्छ

      - एक हप्ता अगाडि
      मंसिर १२,२०८१

      प्रधानमन्त्री केपी शर्मा ओलीले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गरेको बताएका छन् ।  बुधबार २१ औं राष्ट्रिय ज्यापु  दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले  नेवारी संस्कृति,नेवारी परिकार र नेवारी पहिरनको आफ्नै इतिहास र पहिचान भएको बताए ।

      प्रधानमन्त्री ओलीले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्ने बताए । उनले सबै मिलेर नेपाली संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । नेवारी संस्कृति अरु संस्कृतिभन्दा फरक छ र नेवारी संस्कार, नेवारी परिकार र नेवारी पहिरनको आफ्नै इतिहास र विशेषता भएको उनले बताए । 

      प्रधानमन्त्री ओलीले इतिहास बोकेको नेवार संस्कृतिलाई अगाडि बढाउन आवश्यक रहेको औंल्याए । 

      उनले ज्यापु समुदायले राखेका मागप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले माग पूरा गर्न आफूले सक्दो सहयोग गर्ने बचन दिए ।

        सम्बन्धित समाचारहरु