मंसिर २६,२०८१ / ०८ : ४८ अपरान्ह / 2024-12-11 08:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको तयारी

      - २ हप्ता अगाडि
      मंसिर ११,२०८१

      काठमाडौं । इजरायल र लेबनानबीच युद्धविरामको सम्झौता गर्ने तयारी भइरहेको छ । यसबारे छलफल गर्न इजरायलको मन्त्रिपरिषद् बैठक बस्दै छ ।

      यो बैठकमा ६० दिन युद्धविराम गर्ने र लेबनानको भूमिबाट इजरायली सेना फिर्ता हुने प्रस्तावबारे छलफल हुने बीबीसीले जनाएको छ ।

      इजरायलले लेबनानमा रहेका इरान समर्थित लडाकु समूह हिजबुल्लाहमाथि आक्रमण गर्दै आएको छ । प्रत्युत्तरमा लेबनानले पनि इजरायलमाथि आक्रमण गर्दै आएको छ ।

      गत आइतबार मात्रै लेबनानको भूमिबाट हिजबुल्लाहले इजरायलमाथि २५० रकेट प्रहार गरेको थियो ।

      अमेरिकी अधिकारीले इजरायल–लेबनानबीच युद्धविरामको सम्भावनाबारे अभिव्यक्ति दिएका छन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले युद्धविराम गर्ने सहमतिको बिन्दु नजिकै पुगेको बताएका छन् ।

      इजरायल–हिजबुल्लाहबीच जारी युद्ध रोक्न इजरायल र लेबनान एक समझौताको प्रस्तावमा सहमत भएको र इजरायलको सुरक्षा मन्त्रिपरिषदले मंगलबार त्यो प्रस्तावलाई मन्जुरी दिने विश्वास रहेको एक अमेरिकी समाचार वेबसाइटमा उल्लेख छ ।

        सम्बन्धित समाचारहरु