जेष्ठ १२,२०८३ / ०५ : ३४ अपरान्ह / 2026-05-26 05:34 pm
      • param ad
      • furniture
      • veera Incorporation

      चिसो बढ्दै : काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसभन्दा कम, जुम्लामा माइनस ४

      - १ वर्ष अगाडि
      मंसिर ४,२०८१

      काठमाडौं । केही दिनयता देशभर क्रमिक रूपमा चिसो बढेको छ । चिसोसँग तापक्रम घट्दै गएको छ ।

      मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही समयमा सोमबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस थियो । आइतबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

      महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम –४ डिग्री सेल्सियस छ । सोमबार जुम्लाको न्यूनतम तापक्रम –३.८ डिग्री सेल्सियस थियो । आइतबार जुम्लाको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

      महाशाखाका अनुसार, मंगलबार डडेलधुराको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार डडेलधुराको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस थियो । आइतबार डडेलधुराको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

      मंगलबार महाशाखाले सार्वजनिक गरेको विवरणमा अरू स्थानको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसभन्दा माथि छ ।

      महाशाखाले हरेक दिन बिहान पौने ९ मा न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d