जेष्ठ १२,२०८३ / ०३ : ३४ अपरान्ह / 2026-05-26 03:34 pm
      • param ad
      • furniture
      • veera Incorporation

      दार्चुला जीप दुर्घटना : मृतकको संख्या ८ पुग्यो

      - १ वर्ष अगाडि
      कार्तिक ३०,२०८१

      शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका– ६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । आज बिहान ४ बजे म १ ज ३३८ नम्बरको जीप दुर्घटना हुदा घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पु¥याइएका थप दुई जनाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

      सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजीव बस्नेतले सबै मृतकको सनाखत भएको जानकारी दिए ।

      एनका अनुसार मृतक मध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।

      दुर्घटनामा ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर नगरपालिका– ९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–५ बस्ने ४० वर्षीया मीना लेखकको मृत्यु भएको एसपी बस्नेतले बताए ।

      यस्तै, बैतडीको डिलासैनी गाउँपालिका–५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ । दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशी सहितका ५ जना घाइते छन् ।

      शुक्रबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d