नोभेम्बर ५ को अमेरिकी चुनाव राष्ट्रपतिको मात्रै चुनाव होइन । यो चुनाव राज्य तथा संघका सदनहरूको पनि चुनाव हो । उक्त चुनावमा दुई नेपाली भाषी अमेरिकीहरू पनि विजय भएर पुगेका छन् ।
विजेतामा एक सुरज बुढाथोकी छन् भने अर्का नेपाली भाषी हुन सरहना श्रेष्ठ हुन् । सुरज न्यू ह्याम्पसायर राज्यबाट राज्यसभामा विजय भएका हुन् । उनी डेमोक्रेटिक पार्टीका हुन् । उनले साउदर्न न्यू ह्याम्सायर विश्वविद्यालय तथा नोर्विक विश्वविद्यालय पढेका उनी भुटानी हुन् । उनी भुटानको साम्राङमा जन्मिएका थिए ।
यस्तै काठमाडौंमा जन्मेकी सरहना पनि सुरज जस्तै डेमोक्रेटिक पार्टीकै हुन् । उनी न्यू योर्क राज्यसभामा विजय भएकी छिन् । २०२२ मै उनी नेपाली भाषी प्रथम महिला विधायक हुने रेकर्ड बनाउन सफल भएकी थिइन ।
पुरुषतर्फ भने यस अगाडि नै मेरिल्याण्ड राज्यबाट ह्यारि भण्डारी विजय भइसकेका छन् । ह्यारीकै पहलमा हरेक वर्षको अक्टोबर ५ लाई दशैं डेको रूपमा मनाउने कानुन पनि मेरिल्याण्ड राज्यमा पारित भएको छ ।








