जेष्ठ १२,२०८३ / ०७ : २३ अपरान्ह / 2026-05-26 07:23 pm
      • param ad
      • furniture
      • veera Incorporation

      तिहारको सामान किन्न काठमाण्डौका बजारमा ग्राहकको भीड

      - १ वर्ष अगाडि
      कार्तिक १४,२०८१

      काठमाण्डौ – तिहार पर्व विधिवत् रूपमा शुरू भएसँगै काठमाण्डौको असन, इन्द्रचोक, न्युरोड, लगनखेल लगायतका बजारमा किनमेल गर्नेको घुइँचो बढेको छ । 

      बजारमा अत्यावश्यक वस्तु, लत्ताकपडा, सुनचाँदी, तामा, भाँडाकुँडा र पूजाको सामग्री किनमेल गर्नेको घुँइचो छ । लक्ष्मी पूजा र भाइटीकाका लागि आवश्यक सामग्री किनमेल गर्नेको चहलपहल बढेसँगै व्यापारीलाई भ्याइ नभ्याइ छ । पुस्तौंदेखि असन चोकमा काजु, बदाम, ओखर लगायतका ’ड्राइ फ्रुट्स’ को व्यापार गर्दै आएका सुजन प्रधानले हिजोदेखि भाइमसला किन्ने ग्राहक बढेका बताए ।

       तिहारका लागि आवश्यक सामग्री किनमेल गर्न बजार पुगेका ग्राहकले महँगी उच्च भएको गनुासो गरेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d