चैत ६,२०८१ / ०१ : २७ पूर्वान्ह / 2025-03-20 01:27 am
      • param ad
      • furniture
      • veera Incorporation

      यस वर्ष तिहारका लागि दुई लाख वटा मखमली माला निर्यात हुने

      - २ हप्ता अगाडि
      कार्तिक १३,२०८१

      काठमाण्डौ – यस वर्षको तिहारका लागि दुई लाख वटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएशन नेपाल (फ्यान) का अनुसार यस वर्ष गएको वर्षभन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । 

      गएको वर्ष एक लाख ५० हजार मखमली माला निर्यात भएको थियो । एसोसिएशनका प्रतिनिधि दिलीप बादेका अनुसार नेपालबाट निर्यात हुने मखमलीको माला विशेषगरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया, युरोपका केही देश र केही खाडी देशमा जाने गरेको छ । यस वर्ष पोहोरको भन्दा माग धेरै छ । नेपालीहरु बसोबास गर्ने देशमा तिहारका बेला मखमलीको माग हुन्छ । 

      पछिल्लो समय काठमाण्डौ उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्पखेती विस्तार भएको छ । यसपालिको तिहारमा सयपत्री केही अभाव हुनसक्ने अनुमान व्यवसायीको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d