असार ३१,२०८२ / ०७ : २१ अपरान्ह / 2025-07-15 07:21 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कञ्चनपुरमा एक दम्पती मृत फेला

      - २ हप्ता अगाडि
      कार्तिक ९,२०८१

      कञ्चनपुर - कञ्चनपुरको लालझाडीमा श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन् । लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला शुक्रबार बिहान मृत भेटिएका प्रहरीले जनाएको छ ।

      कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीका अनुसार शुक्रबार बिहान राना दम्पतीको शव घरको आँगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकाले हत्याको आशंका गरिएको छ । 

      जोशीका अनुसार प्रहरीले अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

      अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि लालझाडीस्थित घटनास्थल पुगेको छ ।

        सम्बन्धित समाचारहरु