कार्तिक २६,२०८२ / ०४ : ५७ पूर्वान्ह / 2025-11-12 04:57 am
      • param ad
      • furniture
      • veera Incorporation

      सेभेन समिट सकेर फर्किएका निम्सलाई विमानस्थलमा भव्य स्वागत

      - १ वर्ष अगाडि
      कार्तिक ९,२०८१

      काठमाडौं । सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) को चुचुरोमा पुगेर कीर्तिमान थपेका आरोही निर्मल पुर्जा ‘निम्स’ को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

      निम्स विना अक्सिजन ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेक्ने र सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) आरोहण गर्ने पहिलो आरोही बनेका छन् ।

      उनले सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको आइतबार १ः५० मा सफल आरोहण सकेर निम्स नेपाल फर्किएका हुन् । क्यास्टेर्न पिरामिड विश्वको सात शिखरमध्येको एक हो ।

      विमानस्थलमा उनको स्वागतमा सयौं युवाहरूले मोटरसाइकल ¥याली निकालेका थिए । उनलाई विमानस्थलबाट गौशाला, चाबहिल हुँदै बौद्ध गुम्बा पु¥याइएको थियो ।

      १४ वटै हिमाल आरोहणको सफलता लिएर फर्केका ९ जना आरोहीलाई सम्मान गरिएको थियो । १४ वटै हिमाल सफल आरोहण गरी फर्किएका निम्ससहित ९ जना आरोहीलाई यसअघि असार अन्तिम साता नागरिकस्तर र राज्यबाट अभिनन्दन गरिएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d