जेष्ठ १२,२०८३ / ०६ : १७ अपरान्ह / 2026-05-26 06:17 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कम्तीमा सय जनाको दरले हरेक जिल्लाबाट पोखरा पुग्न रास्वपाको सर्कुलर

      - १ वर्ष अगाडि
      कार्तिक ४,२०८१

      राष्ट्रिय स्वतन्त्र पार्टीले सय जनाको दरले प्रत्येक जिल्लाबाट कार्यकर्ताहरु पोखरा पुग्न निर्देशन जारी गरेको छ । सभापति रवि लामिछाने पक्राउ परेपछि विरोधका लागि रास्वपाले नेता कार्यकर्तालाई पोखरा उतारेको छ । केन्द्रीय सचिवालयको निर्देशन अनुसार प्रदेश कमिटीले मातहतमा सन्देश प्रवाह गरेका छन् । शनिबार मध्यरातमा मातहतका पार्टी संरचनालाई म्यासेज गरेर जति सक्दो कम्तीमा सय जनाको दरले पोखरा पुग्न भनिएको छ ।

      मध्यरातमा प्रसारित सन्देशमा भनिएको छ, ‘जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११.३० मा सूचना प्राप्त भएकोले जिल्ला केन्द्रीत कार्यक्रममा भन्दा पोखरा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ ।’ सहकारी ठगी प्रकरण रास्वपा सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरी शनिबार विहान पोखरा पु¥याएको छ । लामिछानेलाई आज अदालतमा पेश गरिँदै छ । लामिछाने पक्राउको विरोधमा काठमाडौं र पोखरामा शनिबार रास्वपाले विरोध प्रदर्शन गरेको थियो । रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d