कार्तिक २९,२०८१ / ०७ : ५१ पूर्वान्ह / 2024-11-14 07:51 am
      • param ad
      • furniture
      • veera Incorporation

      दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा

      - १ महिना अगाडि
      असोज २२,२०८१

      काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रकमा आगजनी गरेका उनका नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति, नागरिक बचाउ महाअभियान’का ८ जना जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा समेत कारबाही अघि बढाएको छ । उनीहरुमाथि चालक भित्रै भएको बेला पेट्रोल बम हानेर दुईवटा ट्रकमा आगजनी गरेको आरोप छ ।

       प्रहरीका अनुसार उनिहरुले यही असोज ६ गते राति साढे १० बजे झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको भारतीय ट्रक र असोज ७ गते बिहान साढे २ बजेतिर बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्ल्यूबी ७३ ई ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा प्रसाईंका समर्थकले आगजनी गरेका थिए । 

      गिरीबन्धु टी इस्टेट नजिक आगजनी गरिएको ट्रक चालक पोदो रायको भारतमा उपचारको क्रममा यही असोज १९ गते मृत्यु भएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d