कार्तिक २९,२०८१ / ०६ : ३३ पूर्वान्ह / 2024-11-14 06:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      सञ्चालनमा आएको मन्थली–काठमाडौं यातायात फेरी अवरुद्ध

      - एक हप्ता अगाडि
      असोज १९,२०८१

      अघिल्लो हप्ताको शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको मन्थली–काठमाडौं यातायात आज बिहानदेखि अवरुद्ध भएको छ । 

      दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरेमा बाटो तामाकोसी नदी किनारमा भासिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो । 

      मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाडौंसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि र नेपालथोकदेखि भकुण्डेबेँसीसम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रुपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौं आवतजावत गर्ने गरी बाटो खुलाइएको थियो । 

      बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुंगाका विभिन्न भागबाट काठमाडौं जाने र तीनै स्थानका लागि काठमाडौंबाट छुटेका मालवाहक र यात्रुवाहक सवारीसाधन रोकिएका छन् । 

      अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d