जेष्ठ १२,२०८२ / १२ : ४६ पूर्वान्ह / 2025-05-25 12:46 am
      • param ad
      • furniture
      • veera Incorporation

      लमजुङ हिडेको गाडी दुर्घटना हुदा चालकको मृत्यु, अन्य दुई जना घाइते

      - २ हप्ता अगाडि
      असोज १९,२०८१

      काठमाडौं - काठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ । दुर्घटनामा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर रहेको छ । गाडीमा ४ पुरुष र २ महिला गरी जम्मा ६ जना थिए ।

      बा१४च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा–छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो । उनको सनाखत नभएको प्रहरीले जनाएको छ ।

      यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण पहिरो जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने र जोखिमपूर्ण पनि भएको भन्दै धेरै सवारी चालकहरुले टोखा–छहरे सडक प्रयोग गर्ने गरेका छन् ।

      आज दुर्घटना भएको गाडी पनि टोखा–छहरे सडक प्रयोग गरेर काठमाडौंबाट लमजुङ जाँदै थियो । उक्त गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d