हुम्ला - दसैंका लागि घर सजावट गर्ने सेतो कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर हुम्लामा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका–३ रामका २५ वर्षीय धुव्र शाही र सोही स्थानकी २४ वर्षकी मनसुरा शाही रहेकी जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
उनका अनुसार उनीहरूसँगै गएका अर्का स्थानीय लालबहादुर शाही सामान्य घाइते भएका छन् ।
घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मृतकको शव पनि पोस्टमार्टमका लागि स्थानीय स्वास्थ्य संस्थामै राखिएको प्रहरी निरीक्षक सुवेदीले बताए ।