पछिल्लो मनसुनको ९० दिनमा गएको वर्षको भन्दा विपद्बाट हुने मानवीय क्षतिका घटना बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट दुई सय २५ जनाको ज्यान गएको छ । यो अवधिमा ४९ जना बेपत्ता र दुई सय ८४ जना घाइते भएका छन् । प्रभावित परिवारको सङ्ख्या भने कम रहेको पाइएको छ । प्राधिकरणले ९० दिनको अवस्था प्रतिवेदन हिजो सार्वजनिक गर्दै मनसुनजन्य विपद् प्रभावित परिवार सङ्ख्या चार हजार ६ सय १५ पुगेको जानकारी गराएको छ । गएको वर्ष मनसुन शुरू भएको ९० दिनको अवधिमा ८५ जनाको ज्यान गएको, २९ जना बेपत्ता, एक सय २६ जना घाइते भएका प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताएका छन् । अघिल्लो वर्ष यो अवधिमा विपद् प्रभावितको परिवारको सङ्ख्या भने ६ हजार ३० रहेको थियो । यो मनसुनमा मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेश प्रदेशमा पाँच जनाको ज्यान गएको छ । यस वर्ष मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट एक सय ३५ जना र सबैभन्दा कम ठूलो वर्षाबाट एक जनाको ज्यान गएको पनि प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै बाढीबाट ४९ र चट्याङबाट ४० जनाले ज्यान गुमाएका छन् । यो ७७ वर्ष यताकै सबैभन्दा धेरै वर्षा हो ।
यो वर्ष मनसुनको विपद्मा परी २२५ जनाले गुमाए ज्यान
चिनारी पोस्ट - १ वर्ष अगाडि
भाद्र ३१,२०८१
सम्बन्धित समाचारहरु
सरकारका ’करोडपति’ मन्त्रीहरू : कसको घरमा कति सुन ? कसले पाल्छन् कुखुरा र कुकुर ? (भिडियोसहित)
नेपालको राजनीतिमा सधैँ एउटा प्रश्न उठ्ने गर्छ— ’नेताहरू राजनीतिमा आउनुअघि कस्ता थिए र सत्तामा पुगेपछि ...
नेपालको राजनीतिमा सधैँ एउटा प्रश्न उठ्ने गर्छ— ’नेताहरू राजनीतिमा आउनुअघि कस्ता थिए र सत्तामा पुगेपछि ...
खप्तडी बस्नेत बन्धु कुल सेवा समाजका मूल धामी भक्तबहादुर बस्नेतको निधन
खप्तडी बस्नेत बन्धु कुल सेवा समाज रतुवामाईका आजीवन सदस्य तथा कुल मन्दिरका मूल धामी भक्तबहादुर ...
खप्तडी बस्नेत बन्धु कुल सेवा समाज रतुवामाईका आजीवन सदस्य तथा कुल मन्दिरका मूल धामी भक्तबहादुर ...
राष्ट्रियसभा सदस्य निर्वाचन आज: सातै प्रदेशमा मतदान
राष्ट्रियसभामा आगामी २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज देशभर निर्वाचन हुँदैछ । ...
राष्ट्रियसभामा आगामी २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज देशभर निर्वाचन हुँदैछ । ...
सर्वोच्चदेखि सडकसम्म देउवा समूहको संघर्ष, पार्टी आधिकारिकताको मागमा माइतीघर प्रदर्शन
नेपाली कांग्रेसको आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतसँगै सडकमा पनि एकसाथ दबाब बढाएको छ। ...
नेपाली कांग्रेसको आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतसँगै सडकमा पनि एकसाथ दबाब बढाएको छ। ...
सातदशकपछि केशरबहादुर बुढाथोकीले लिए नागरिकता
साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिएका छन । ...
साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिएका छन । ...
स्टार्टअप ‘जिरो टु हिरो’ बाट चार उत्कृष्ट आइडिया छनोट
विराट एक्स्पोको अवसरमा सञ्चालन भइरहेको थिमेटिक सेसन अन्तर्गत ‘स्टार्टअप जिरो टु हिरो’ कार्यक्रमबाट चार उत्कृष्ट आइडिया ...
विराट एक्स्पोको अवसरमा सञ्चालन भइरहेको थिमेटिक सेसन अन्तर्गत ‘स्टार्टअप जिरो टु हिरो’ कार्यक्रमबाट चार उत्कृष्ट आइडिया ...
खस्किएको अर्थतन्त्रमा आशाको बजार : विराटनगरमा विराट ट्रेड एक्स्पो २०८२ को तयारी पूरा
देशको अर्थतन्त्र सुस्ताएको चर्चा चौतर्फी भइरहेका बेला उद्योग, व्यापार र उपभोक्ताबीच आशाको सेतु बन्न विराटनगर ...
देशको अर्थतन्त्र सुस्ताएको चर्चा चौतर्फी भइरहेका बेला उद्योग, व्यापार र उपभोक्ताबीच आशाको सेतु बन्न विराटनगर ...
एनपीएलको उद्घाटन खेलका सबै टिकट बिक्रि, टिकट नहुनेले घरमै बसेर खेल हेर्न अनुरोध
नेपाल प्रिमियर लिग ९एनपीएल०को भोलि हुने उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ । ...
नेपाल प्रिमियर लिग ९एनपीएल०को भोलि हुने उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ । ...
आज महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ...
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ...
हेलिकप्टरमार्फत दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइयो
हेलिकप्टरमार्फत दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइएको छ । ...
हेलिकप्टरमार्फत दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइएको छ । ...