त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणको कार्यालयले विमानस्थलमा खादा र माला नल्याउन आग्रह गरेको छ । कार्यालयका अनुसार, खादा र मालाले विमानस्थलका सुरक्षा जाँच उपकरणलाई असर पुर्याइरहेको छ । यात्रुले लगाएको खादा, मालाले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पु¥याइरहेको कार्यालयले जनाएको छ ।
यात्रीहरूले खादा र माला लगाएर वा ब्यागमा भन्डारेर विमानस्थलमा न ल्याउन अनुरोध गरिएको छ । साथै, खादा र माला विमानस्थलको सौन्दर्यतामा पनि नकारात्मक प्रभाव पार्ने भएकाले यसलाई विशेष ध्यानमा राख्न जोड दिइएको छ ।
यदि यात्रुले खादा र माला लैजानै पर्छ भने , ती सामानहरू झोलाभित्र नदेखिने गरी राख्न कार्यालयले भनेको छ ।