असोज २८,२०८१ / ०७ : ४९ पूर्वान्ह / 2024-10-14 07:49 am
      • param ad
      • furniture
      • veera Incorporation

      सार्वजनिक यातायातमा सीट क्षमताभन्दा बढी यात्रु राख्न र लामो दूरीमा दुई चालक अनिवार्य

      - १ महिना अगाडि
      भाद्र २७,२०८१

      सर्वोच्च अदालतले सार्वजनिक यातायातमा सीट क्षमताभन्दा बढी यात्रु राख्न र लामो दूरीको यात्रामा दुई सवारी चालक राख्न अनिवार्य गराउने अन्तरिम आदेश जारी गरेको छ ।

      वरिष्ठ अधिवक्ता विष्णु लुइँटेल लगायतले दायर गरेको रिटमा मंगलबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले यातायात क्षेत्रसँग सम्बन्धित पाँचवटा प्रमुख विषयमा अन्तरिम आदेश जारी गरेको हो ।

      सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ अनुसार, सार्वजनिक यातायातमा सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने प्रावधान छ । सोही आधारमा रिट निवेदनमा सीट क्षमताभन्दा बढी यात्रु राख्न र यात्रुको इच्छा विपरीत ठूलो स्वरमा म्युजिक सिस्टम बजाउन नपाइने आदेशको माग गरिएको थियो ।

      त्यस्तै उच्च वाहन शक्ति मोटरसाइकल चालकहरूले सडक यात्रु र समाजलाई आंतकित हुने गरी ठुलो स्वर र तीव्र गतिमा मोटरसाइकल नचलाउन, र १८ वर्ष उमेर नभएका नाबालकलाई परिचालकको काममा नलगाउन पनि आदेश भएको छ ।

        सम्बन्धित समाचारहरु