मंसिर २६,२०८१ / १० : २१ अपरान्ह / 2024-12-11 10:21 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

      - ३ महिना अगाडि
      भाद्र २४,२०८१

      काठमाडौं, सुर्खेतका लागि काठमाडौंबाट उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रियमा  विमानस्थल  आकस्मिक अवतरण गराइएको छ ।

      विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताएका छन् ।

      ‘काठमाडौंबाट सुर्खेतका लागि आज विहान उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको थियो । ह्वील स्टेरिङ लक भएकाले विमान बीचबाटै फर्काइएको शेर्पाले जानकारी गराएका छन् । अहिले विमानस्थलबाट हुुने अन्य उडान नियमित सञ्चालन भइरहेको छ ।

      श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राविधिक समस्या देखिएको उक्त विमानका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्य पुर्याइएको जानकारी दिए ।

        सम्बन्धित समाचारहरु