गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेको जिल्ला प्रहरी परिसर, काठमाण्डौंले जनाएको छ ।
बिहीबार सुन्दरीजलस्थित ढुंगाको चेपभित्र एक महिलाको शव शंकास्पद अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार उनी मजदुरी गरेर गुजारा चलाउँदै आएकी महिला हुन् ।
प्रारम्भिक अनुसन्धानमा उनका बारेमा नाम र अन्य विवरण प्राप्त हुन सकेको थिएन । तथापि, प्राविधिक विश्लेषण र मानविय सूचनाको आधारमा अनुसन्धान गरिँदै गर्दा शनिबार बसुन्धारा क्षेत्रबाट संलग्न व्यक्ति पक्राउ परेका हुन् । पीडित महिला सिराहाकी राम दुलारी हुनसक्ने अनुमान गरिएको छ ।
यद्यपि, हालसम्म उनको परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन् ।
प्रारम्भिक जाँचका आधारमा, हत्याको कारण प्रेम सम्बन्धसँग जोडिएको आशंका गरिएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएका छन् ।