भाद्र २३,२०८१ / ०९ : २७ पूर्वान्ह / 2024-09-08 09:27 am
      • param ad
      • furniture
      • veera Incorporation

      दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने राष्ट्र बैंकको घोषणा

      - ४ दिन अगाडि
      भाद्र १८,२०८१

      हरेक बर्षको दशैमा जस्तो यस पटकको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् । खर्चको व्यवस्थापनको समस्या देखाउँदै बैंकले पुरानो सुकिला नोट सटही गर्ने तर नयाँ नोट नदिने भएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले बताएका छन् । राष्ट्र बैंकले हरेक दशैंतिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको थियो । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर सकेको थिएन । सो योजना यस पटकको दशैंबाट लागू गरिने डा. पोखरेलले बताएका छन् ।

      ठूलो लागत लगाएर छापेको नयाँ नोट दशैंमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने गरेकोले दशैंमा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरेको  डा. पोखरेलललेजानकारी दिएका छन् । दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ । नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d