भाद्र २३,२०८१ / ०९ : ४९ पूर्वान्ह / 2024-09-08 09:49 am
      • param ad
      • furniture
      • veera Incorporation

      निर्मलादेवी कुर्मी हत्या आरोपी बादशाहलाई मन्त्री बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन

      - ३ हप्ता अगाडि
      श्रावण २५,२०८१

      बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । 

      ४ वर्ष अगाडि बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण र शरीर बन्धक बनाएर हत्या गरेको आरोपमा मुछिएका लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई लुम्बिनीमा कांग्रेसले मन्त्री बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । शुक्रबार अभियन्ता रूबी खानसहित मानव अधिकारकर्मी र पीडितका आफन्तहरू काठमाडौंको कलंकीदेखि खाली खुट्टा हिँडेर माइतीघर आएका छन् । यस अघि पनि सत्ता र शक्तिको आड पाउँदा निर्मलाको हत्या आरोपीललाइ लाकोन्दै रुबि खानसहित अन्यले चरणबद्द रुपामा आन्दोलन गर्दै आएका छ्न ।

      जघन्य अपराधको आरोप लागेका व्यक्तिलाई मन्त्री बनाइएपछि उनीमाथि लागेको आरोप कसले छानबिन गर्ने र पीडितले न्याय पाउने सुनिश्चित नभएकाले आजैदेखि माइतीघरमा अनिश्चितकालीन धर्ना बस्ने रूबी खानले बताइन् । यसअघि गृह मन्त्रालय र पीडित परिवारबीच कुर्मीको मुद्दा अदालत पठाउन सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो तर मुख्य आरोपीलाई नै प्रदेशको मन्त्री नियुक्त गरेपछि सत्ताधारी पार्टीले पीडकलाई संरक्षण गरिरहेको उनीहरूको आरोप छ । उनीहरुले  बादशाह कुर्मीलाई मन्त्री पदबाट हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पु¥याउनुपर्ने र आन्दोलनकारीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d