मंसिर २६,२०८१ / ०९ : ११ अपरान्ह / 2024-12-11 09:11 pm
      • param ad
      • furniture
      • veera Incorporation

      न्यायसँग सम्बन्धित विधेयक (टीआरसी) सर्वसम्मत पारित

      - ४ महिना अगाडि
      श्रावण २४,२०८१

      काठमाण्डौं - बिहीबारको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी) सर्वसम्मति गरेर पारित गरेको छ ।

      बैठकले बेपत्ता व्यक्तिहरूको छानबिन, सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा आवश्यक संशोधन गर्न बनेको विधेयकलाई पनि सर्वसम्मत पारित गरेको छ ।

      प्रस्तावमाथि छलफल पछि समितिकी सभापति विमला सुवेदीले विधेयक सर्वसम्मति पारित भएको घोषणा गरिन् । उनले प्रतिनिधिसभाको आगामी बैठकमा यसबारे प्रतिवेदन पेस गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेख्ने प्रक्रिया अघि बढाउने बताइन् । २९ गतेको प्रतिनिधिसभा बैठकमा यस विषयमा पेस गर्नका लागि पत्र लेखिने जानकारी पनि उनले शेयर गरिन् ।

        सम्बन्धित समाचारहरु