काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको झरना गेष्ट हाउसमा एक महिला र एक पुरुषको शव भेटिएको छ ।
बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही स्थानकी करिब २० वर्षीया करिष्मा सार्की मृत अवस्थामा भेटिएका हुन् ।
काठमाडौं महानगरपालिका–९ स्थित शम्भुमार्गमा रहेको झरना गेष्ट हाउसमा दुई जनाका शव फेला परेको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले दिएका छन् ।
साउन १५ मा उनीहरू सो गेष्ट हाउसमा पुगेका थिए । शुक्रबार मध्यान्ह खानाको बारेमा सोध्न गेष्ट हाउसका कर्मचारी जाँदा ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई सूचित गरेका थिए ।
करिष्माको घाँटीमा चोट देखिएको छ भने भरत पङ्खामा डोरीले पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका छन् । भरतले हत्या गरेपछि आत्महत्या गरेको आशंका गरिएको छ ।