जनकपुरधाम:मधेश प्रदेश सरकारले शास्त्रीय संगीतका साधक गुरूदेव कामतको निधनको शोकमा आइतबार राष्ट्रिय झण्डालाई आधा झुकाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहले जारी गरेको विज्ञप्तिमा संगीतका क्षेत्रमा दुरूदेव कामतले आफ्नो जीवन समर्पित गर्दै शिक्षा, चेतना र संस्कारको उन्नयनका लागि काम गरेका छन् भन्ने उल्लेख गरिएको छ ।
गुरूदेव कामतको ६९ वर्षको उमेरमा बिहीबार निधन भएकोे छ । कामतको शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै विज्ञप्तिमा मनोरञ्जन र जीविकोपार्जनको माध्यम नभएर शिक्षा, चेतना र संस्कार उन्नयनका लागि संगीत विधालाई आजीवन अघि बढाउनु भएका स्व.गुरूदेव कामतको निधनप्रति शोक प्रकट गर्न प्रदेश सरकार मिति २०८१-०४-२० गते आइतबार राष्ट्रिय झण्डालाई आधा झुकाउने निर्णय गरेको भनेर लेखिएको छ ।
शास्त्रीय सङ्गीतमा श्रद्धापूर्वक लिइने नाम गुरुदेव कामतको ६९ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।