चैत ६,२०८१ / १२ : ०० पूर्वान्ह / 2025-03-20 12:00 am
      • param ad
      • furniture
      • veera Incorporation

      विमान दुर्घटनामा बाँच्न सफल पाइलटको डिस्चार्ज हुने तयारी

      - २ हप्ता अगाडि
      श्रावण १७,२०८१

      काठमाडौं । काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा बाँच्न सफल पाइलट मनिषरत्न शाक्य आज अस्पतालबाट डिस्चार्ज हुने तयारीमा छन् ।

      मृत्युको मुख बाट फर्केका उनि गत साउन ९ गतेदेखि काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको र अहिले उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

      उक्त विमान दुर्घटना काठमाडौँबाट पोखरा उडान गर्दै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भएको थियो । सो घटनामा १९ जनामध्ये १८ जनाको निधन भएको थियो, जसमा अधिकांश कर्मचारी थिए । यो दुर्घटना नेपालको हवाई उड्डयन इतिहासमा एक दुःखद क्षणको रूपमा अंकित भएको छ ।

      स्रोतका अनुसार, नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणले घटनाको विस्तृत छानबिन गर्ने प्रक्रिया शुरु गरिसकेको छ । यसैबीच, विमान उद्योगमा सुरक्षा मापदण्डको पुनरावलोकन गर्न र विमानको अवस्थाबारे गम्भीरता पूर्वक सोच्नुपर्ने आवश्यकतालाई पनि उठाइएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d