चैत ६,२०८१ / ०१ : ३२ पूर्वान्ह / 2025-03-20 01:32 am
      • param ad
      • furniture
      • veera Incorporation

      हिजो रेकर्ड बनाएको शेयर बजार आज सामान्य गिरावट

      - २ हप्ता अगाडि
      श्रावण १७,२०८१

      काठमाण्डौ । शेयर बजारमा हिजो ६४ अंकभन्दा बढीको वृद्धि देखिएको थियो, तर आज भने यो सामान्य रूपमा घटेको छ । नेप्से परिसूचक आज १२ बजेर ३८ मिनेटमा दुई हजार आठ सय पाँच बिन्दुमा पुगेको थियो, तर बन्द हुने समयमा यो पाँच दशमलव २९ अंकले घटेर दुई हजार सात सय ५५ दशमलव ६२ बिन्दुमा झरेको छ ।

      आज फाइनान्स, होटल, लगानी, बीमा र म्युचुअल फन्ड बाहेकका सबै समूहका शेयरमा गिरावट आएको छ । विशेषगरी, व्यापार, उत्पादन र जलविद्युत् समूहका शेयरहरूमा उच्च मात्रामा कमी आएको छ ।

      पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा बढी घटेको छ । समग्र बजार घटेको समयमा ६ वटा कम्पनीका शेयरहरूमा १० प्रतिशतको गिरावट आएको छ ।

      आज ३३२ वटा कम्पनीका ५ करोड १३ लाख कित्ता शेयरको कारोबार २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँमा भएको छ । हिजो एकै दिनमा २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो, जुन एक ऐतिहासिक रेकर्ड हो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d