जेष्ठ ३१,२०८१ / ०६ : ३५ पूर्वान्ह / 2024-06-13 06:35 am
      • param ad
      • furniture
      • veera Incorporation

      महिला उद्यमी महासंघको कोशी प्रदेश प्रतिनिधीमा कृति श्रेष्ठ दोश्रो पटक निर्वाचित

      - ३ हप्ता अगाडि
      असोज २,२०८०

      विराटनगर, महिला उद्यमी महासंघको बिसौं वार्षिक साधारण सभा तथा नवौं महाधिवेशनले कोशी प्रदेश प्रतिनिधीमा उद्यमी कृति श्रेष्ठलाई निवार्चित गरेको छ ।

      राजधानीमा सम्पन्न महाधिवेशनले श्रेष्ठलाई अघिल्लोे कार्यकालको कामको आधारमा मुल्यांकन गरी पून दोश्रो पटक प्रदेश प्रतिनिधीमा निर्विरोध निर्वाचित गरेको होे । 

      यसैगरी मोरङ महिला उद्यमी संघ उत्कृष्ट जिल्ला संघ पुरस्कारमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । मोरङ महिला उद्यमी संघकी अध्यक्ष तथा महिला उद्यमी महासंघकी नवनिर्वाचित कोशी प्रदेश प्रतिनीधि कृति श्रेष्ठले पुरस्कार ग्रहण गर्दै देशको परिस्थिती जस्तो भएपनि आफ्नो पहिलो कार्यकालको जीम्मेवारी राम्रोसंग पुरा गरेको बताइन् ।  सबैको सहयोग र आफ्नो मेहनतले काम गरेको हुँदा आज उत्कृष्ट जिल्ला संघ पुरस्कारले सम्मानित भएको भन्दै खुसि व्यक्त गरीन् ।

      /pagegallery/2023091915.jpg

      दोश्रो पटक प्रदेश प्रतिनिधीमा निर्वाचित भएपछिे झन थप चुनौती थपिएको बताउँछीन् कृति । उनले अबको २ बर्ष फरक तरीकाले के गर्न सकिन्छ भन्ने योजना बनाई काम गर्ने योजना बनाएकि छिन् साथै कोशि प्रदेशमा उद्यमशिलतालाई सक्दो बढाउने प्रयास गरेको बताइन् ।

      महासंघले महिला उद्यमीहरूको हकहितमा काम गर्ने उत्कृष्ट जिल्ला संघ पुरस्कार प्रदान गरेको जसमा कास्की महिला उद्यमी संघले प्रथम, बाँके महिला उद्यमी संघले द्वितीय, तथा सोलुखुम्बु महिला उद्यमी संघले सान्त्वना पुरस्कार र सम्मानपत्र प्राप्त गरेका थिए ।

      महाधिवेशनले महासंघको अध्यक्ष्यमा शोभा ज्ञवाली प्रथम उपाध्यक्षमा दर्शना श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुनीता वैद्य श्रेष्ठ, तृतीय उपाध्यक्षमा वसन्ती प्रधान र चौथो उपाध्यक्षमा महालक्ष्मी श्रेष्ठलाई निर्वाचित गरेको छ ।

      /pagegallery/2023091935.jpg

      यस्तै बीसौं वर्षमा प्रवेश गरेको अवसरमा महासंघका नवनिर्वाचित पदाधिकारीको टोली र सदस्यहरुले राष्ट्रपति रामचन्द्र पौडेलेसँग भेट गरेका थिए ।

      /pagegallery/202309191.jpg

        सम्बन्धित समाचारहरु