काठमाडौंको बिजुली बजारमा आन्दोलनरत सहकारीपीडित र प्रहरीबीच झडप भएको छ।
माइतीघर मण्डलमा धर्ना दिएर सहकारी पीडितहरू प्रदर्शन गर्दै बिजुलीबजार पुगेका थिए। सहकारी पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेपछि धकेलाधकेल भएको हो ।
सहकारी पीडितहरू सडकमा भेला भएपछि प्रहरीले हटाउन खोजेको थियो जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले छलफलका लागि केही मानिसलाई सहकारी विभाग लगिएको जानकारी दिए। उनले कसैलाई कुटपिट र पक्राउ समेत नगरेको जानकारी दिए ।
निक्षेपको सावा तथा ब्याज अविलम्ब फिर्ता गर्न माग गर्दै केही दिनदेखि सहकारी पीडितहरूले आन्दोलन गरिरहेका छन ।
फरार रहेका सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गर्न पनि उनीहरूले माग गरेका छन्।








