जेष्ठ १२,२०८३ / ०१ : ३० अपरान्ह / 2026-05-26 01:30 pm
      • param ad
      • furniture
      • veera Incorporation

      उपचार नपाएर कोशी अस्पतालमा महिलाको मृत्यु

      - २ वर्ष अगाडि
      असार २८,२०८०

      विराटनगर,  विराटनगरस्थित कोशी अस्पतालको ओपीडी वार्डमा उपचार नपाएर ५५ बर्षीया एक महिलाको  मृत्यु भएको छ । अस्पतालले उपचारमा ढिलासुस्ती गरेको कारणले मोरङको जहदा गाउँपालिका १ की ५५ बर्षीया द्रोपतीदेवी राजवंशीको मृत्यु भएको परिवारको आरोप छ ।

      असार २४ गते बिहान पेटमा समस्या भएपछि राजवंशी कोशी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् ।

      आकस्मिक कक्षका स्वास्थ्यकर्मीहरूले राजवंशीलाई ओपीडीको स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक बस्ने कोठामा रेफर गरिदिए । गाइनोका चिकित्सकले राजवंशीको पेटमा घाउ देखेपछि सर्जरी वार्डमा पठाइदिए । सर्जरीका चिकित्सकलाई देखाउन नपाउँदै राजवंशीको ओपिडीको वार्डमा २४ असारमा दिउँसो मृत्यु भयो ।

      राजवंशीमा लामो समयदेखि पटेको समस्या रहेको थियो । उनको केही समय अगाडि पाठेघरको शल्यक्रिया गरिएको थियो । फेरि पाठेघरको समस्या बल्झिएपछि उनी अस्पताल आएकी थिइन् । थप उपचार गर्न नपाउँदै उनको निधन भएको छ । कोशी अस्पतालका मेसु डा.चन्द्रभाल झाले घटनाको विषयमा छानबिन समिति गठन गरेको बताए ।

      घटनाको छानविन गर्न कोशी अस्पतालका पूर्व मेसु डा.यज्ञराज खरेलको नेतृत्वमा तीन सदस्य समिति गठन भएको छ । राजवंशीको मृत्यु भएको घटनाको छानबिन गर्नको लागि अस्पतालले डा.खरेलको नेतृत्वमा समिति गठन गरेको हो । अहिले समितिले घटनको छानबिन सुरु गरेको डाक्टर खरेलले बताए । आकस्मिक कक्षका स्वास्थ्यकर्मीको तर्फबाट पनि कमजोरी भएको देखिएको उनले बताए ।

       उनले आकस्मिक कक्षमा आएका बिरामीलाई त्यही औषधी चलाएर विशेषज्ञ चिकित्सकसँग समन्वय गरिनुपर्ने अवस्थामा आकस्मिक कक्षमा आएका बिरामीलाई गाइनो वार्डमा पठाएको देखिएको बताए । उनले आगामी दिनमा यस्तो गल्ती सच्याउन हामीले सुझाव पनि दिइएको बताए । आकस्मिक कक्षमा आएका बिरामीलाई अन्य वार्डमा पढाउनुपरे एक जना नर्स वा स्वास्थ्यकर्मीलाई सँगै राखेर बिरामीसँग पठाउन सुझाव पनि दिएको उनले बताए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d