काठ्माण्डौ, संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ आज बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ः३१ मा बोलाइएको बैठकमा मन्त्रालयगत बजेटमामाथि छलफल गर्ने कार्यसूची छ ।
बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुनेछ ।
सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो । प्रतिनिधि सभाबाट भने बजेट पारित भइसकेको छ ।








