विराटनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा क्षतिपूर्ति वितरण तथा पुनः निर्माण कार्यमा ढिलाइ नगर्न निर्देशन दिएका छन्।
शनिवार पाँचथर आइपुगेका मन्त्री ज्वालाले कोशी प्रदेशको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर यस्तो निर्देशन दिएका हुन ।
सबै स्रोतसाधनको प्रयोग गरेर तदारुकताका साथ काम गरी आधारभूत सेवाबाट बञ्चित नागरिकका लागि सरकारी निकायले काम गर्नु पर्ने उनले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सरकारको टोलीले स्थलगत बाढी पहिरोको क्षतिको निरीक्षण गर्न नपाएका कारण आफू सरकारको प्रतिनिधिका रुपमा आएको उनले बताए ।








