बिराटनगर, नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनी नेतृत्वको सरकार ढलेको हो ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत परेको छ । नेपाली कांग्रेसका, माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गरे ।
बैठकमा ८९ सदस्यमात्र उपस्थित थिए । जनता समाजवादी पार्टी ९जसपा०की प्रदेशसभा सदस्य निर्मला लिम्बुसँगै प्रतिपक्षी दलका अरू दुई सांसद अनुपस्थित रहे । जसपाले यसअघि नै तटस्थ बस्ने निर्णय गरेको थियो । कार्की नेतृत्वको सरकार ढलेकाले अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । २०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि २४ पुसमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।
कोशी प्रदेशसभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको ९सभामुख सहित० १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदको प्रतिनिधित्व छ । कार्की नेतृत्वको सरकार ढलेसँगै अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
संविधानको धारा १६८ को ९२० अन्तर्गत कार्की नेतृत्वको सरकार गठन भएको थियो । उनको सरकार ढलेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले पुनः सोही धारा अन्तर्गत सरकार गठनको आव्हान गर्ने सम्भावना छ । २०७९ पुस २४ गते नियुक्त भएका मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ लिएका थिए ।








