जेष्ठ १२,२०८३ / ०५ : ३४ अपरान्ह / 2026-05-26 05:34 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मोरङमा नेपाली नागरिकता प्राप्त गरेका बाबुआमाका सन्तानलाई आजदेखि वंशजको नागरिकता जारी गरिने

      - २ वर्ष अगाडि
      असार ११,२०८०

      विराटनगर, मोरङमा जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका बाबुआमाका सन्तानलाई वंशजको नागरिकता जारी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता वितरणको तयारी गर्दै आवश्यक कागजात बारे जानकारी गराउन स्थानीय तहहरुमा परिपत्र जारी गरेको हो । उक्त वंशजको सोमबारदेखि जारी गरिने भएको हो ।

      नागरिकता लिन चाहिने कागजात र सिफारिसबारे वडाहरूलाई परिपत्र गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिएका छन् । मोरङमा जन्मका आधारमा नागरिकता लिनेको संख्या ३५ हजार हाराहारी रहेको प्रारम्भिक तथ्यांक छ । करिब ७० हजारसम्म वंशजको नागरिकताका लागि आवेदन आउन सक्ने अनुमान गरिएको छ ।

       

      नागरिकता लिनेहरूले राष्ट्रिय परिचयपत्र र राहदानी लिन समेत आवेदन दिने सम्भावना छ । रंगेली र उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयमा नयाँ नागरिकता लिन निवेदन पर्न सुरु गरेको छ ।

       

      वंशजको नागरिकता प्राप्त गर्न वडाबाट सिफारिस लिनुपर्छ । बसाइँ सरी आएको हकमा बसाइँसराइ दर्ता प्रमाणपत्र, स्थानीय बसोबास प्रमाणित पारिवारिक विवरण, बाबु र आमाको सक्कल नागरिकता र सोको प्रतिलिपि, सक्कल जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र र नाबालक परिचयपत्र, बाबुआमा र सन्तानबीचको फोटोसहितको सक्कल नाता प्रमाणित, २०६३ सालको टोलीमा नाबालक दर्ता गराएको भए सोको निस्सा, बाबु र आमाबीचको विवाह दर्ता प्रमाणितपत्र–मतदाता परिचयपत्र, बाबुआमाको मृत्यु भइसकेको भए मृत्यु दर्ता प्रमाणपत्र, कुनै उद्योग, पेसा वा व्यवसाय गरी बसेको भए सोको प्रमाण, जग्गाधनी प्रमाणपुर्जा वा स्थायी बसोबास सिफारिस वा व्यवसाय दर्ता प्रमाणपत्र, स्वघोषण र अन्य प्रचलित ऐन(कानुनबमोजिम हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d