पौष १७,२०८२ / ०५ : ४६ पूर्वान्ह / 2026-01-01 05:46 am
      • param ad
      • furniture
      • veera Incorporation

      कला क्षेत्रमा सर्मपित इन्टेरियर डिजाइनर कृतिको जीवन र भोगाई (भिडियोसहित)

      - २ वर्ष अगाडि
      असार १०,२०८०

      हरेक बिषयबस्तुलाई कलात्मक ढड्गले हेर्न सके त्यहा एउटा राम्रो र्सिजना निर्माण हुन्छ भन्ने सोच भएकी  बिराटनगरकी एक सफल उद्यमी महिलामा गनिन्छन् कृति श्रेष्ठ उपाध्याय ।

      कला र सृजनाकी धनी कृति पेशाले एक सफल इन्टेरियर डिजाइनर हुन । २ दशक भन्दा बढि समय भयो उनले यस पेशामा बिताएको । जतिबेला उनले यो पेशालाई आफ्नो रोजाई बनाइन त्यतिबेला सम्म उनलाई इन्टेरियर डिजाइन भनेको के हो भन्ने समेत थाहा थिएन ।

      सानैदेखि कलात्कम बस्तुहरु र आन्तरिक सजावटमा रुचि भएकी उनले यसै पेशाबाट आफ्नो भबिश्य त बनाइन नै, यस्तै यस क्षेत्रमा रुचि भएका करिव ४ सय जना इन्टेरियर डिजाइनर समेत उत्पादन गरिसकेकी छिन् ।

      जतिबेला उनले बिराटनगरमा भोग इन्टेरियर नेपालको स्थापना गरिन त्यो बेला प्राय मानिसहरुलाई  यस सम्बन्धि जानकारी नै थिएन । उनले हरेक मानिसको घर, अफिस,मात्रै सजाउदिनन्, इन्टेरियर डिजाइनरमा भविष्य खोज्ने धेरैको सपनालाई पुरा समेत गर्दै आएकी छिन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d