माल्दिभ्समा जारी फाइभ नेसन बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भुटानसंग खेल्दै छ । लिग चरणमा नेपाल शीर्षस्थानमा रहँदा भुटान चौथो हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले लिगको पहिलो खेलमा भुटानसँग हार बेहोरेपनि त्यसयता लगातार तीन खेल जित्दै शीर्षस्थान हासिल गरेको हो ।
यता भुटानले भने सुरुवातमा नेपाललाई हराएपछि दोस्रो खेलमा आयोजक माल्दिभ्सलाई हराएको थियो । पछिल्लो दुवै खेलमा भुटान बंगलादेश र पाकिस्तानसँग पराजित भएको थियो ।
खेल रातको ९ः१५ बजे सुरु हुनेछ । आज हुने पहिलो सेमिफाइनलमा पाकिस्तान र बंगलादेश खेल्नेछन् । माल्दिभ्स भने सबै ४ खेलमा हार बेहोर्दै सेमिफाइनलमा पुग्न सकेन । प्रतियोगिताको फाइनल विहीबार हुनेछ ।








