बिराटनगर, बिराटनगर १३ स्थित पुर्वाञ्चल बाल सेवा आश्रमले आफ्नो ३७औँ बार्षिकोत्सब मनाएको छ । आश्रमले ध्यान योगा, बिपश्यना, खेलकुद गतिविधिसहितको तिन दिवसिय कार्यक्रम आयोजना गरि आफ्नो ३७औँ बार्षिकोत्सव मनाएको हो ।
आश्रमले आयोजना गरेको कार्यक्रमको पहिलो दिन बिहान योगा तथा मेडिटेशनबाट सुरुवात गरिएको थियो । दोश्रो दिन ब्याडमिन्टन, फुटबल लगायतका खेलकुदका कार्यक्रमहरु तथा तेश्रो दिन दिप प्रज्वलन गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।


उक्त बार्षिकोत्सव समारोहमा प्रा.डा.खगेन्द्र आर्चाय, ब्रम्हज्ञानीका अध्यक्ष मणी अर्याल, साहित्यकार दिनेश सुबेदी बिपश्वी राजु दाहाल लगायतका बिशिष्ठ ब्याक्तित्वहरुको सहभागिता रहेको थियो ।
समारोहमा संस्थाकी अध्यक्ष सिता पोख्रेलले बिभिन्न संस्था, चन्दा दाता तथा मनकारी मनहरुको साथ र सहयोगको कारण आश्रमले सैतिसौ बर्ष पुरा गर्न सफल भएको भन्दै सबैको अगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै बैलाई धन्यबाद ब्यक्त गरेकी छिन् ।

आश्रमको ३७ औँ बार्षिक उत्सवको आश्रामको सबै छोरा छोरीलाई विभिन्न आवश्यक सामाग्री वितरण गरीएको आश्रमकी अध्यक्ष सीता पोख्रोलले बताइन् । उनका अनुसार १५ जना छोराहरुलाई फुटबल जुत्ता र मोजा २५ जना छोरीहरुलाई पोशाक लत्ता कपडा यस्तै १० जना स्वमसेवेकहरुलाई पोशाक र आश्रमबाटै विवाह भएकी एक छोरीलाई सिलाई मेसिन प्रदान गरीएको हो ।














