जेष्ठ ३१,२०८१ / ०६ : २० पूर्वान्ह / 2024-06-13 06:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

      - १ वर्ष अगाडि
      जेष्ठ २०,२०८०

      काठमाण्डौ,चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्।

      शनिबार साँझ सवा ६ बजे उनीसहितको टोली चढेको नेपाल एयरलाइन्सको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।


      जेठ १७ गते भारत गएका प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी म‍ुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा निकायका अधिकारीहरू, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थि‍ए ।

      उनले १८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा भारत र नेपालबीच विभिन्न सम्झौतासमेत भएका छन्।

      चार दिनको भारत भ्रमणको क्रममा मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वरको मन्दिरमा प्रधानमन्त्री प्रचण्ड र भ्रमण दलका अन्यमन्त्रीहरूले पनि पूजाअर्चना गरेका थिए ।  

        सम्बन्धित समाचारहरु