जेष्ठ १२,२०८३ / ०१ : २९ अपरान्ह / 2026-05-26 01:29 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सहज च्यालेन्ज फन्ड–३ मा नवीनतम ‘ब्रान्डिङ’ सेवा प्रदायकलाई आवेदन आह्वान

      - २ वर्ष अगाडि
      जेष्ठ १८,२०८०

      बिराटनगर, ‘सहज च्यालेन्ज फन्ड–तेस्रो’ का लागि आवेदन खुलेको छ । नवीनतम ब्रान्डिङ,प्याकेजिङ, वितरण प्रणालीसम्बन्धी सेवा प्रदान गर्ने सेवा प्रदायकलाई आवेदनका लागि आह्वान गरिएको   सहज च्यालेन्ज फन्डले बिहिवार बिराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो  । 

      पत्रकार सम्मेलनमा कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) की कृषि सेवा प्रबन्धक शुभेच्छा श्रेष्ठले सहज च्यालेन्ज फन्ड , यसका बिभिन्न चरण र  यस फण्डले कसरी काम गर्दै आएको छ भन्ने बारेमा जानकारी दिइन । 
      सम्मेलनमा बोल्दै प्राक्टिकल एक्सन कन्सल्टिङको तर्फबाट सहज च्यालेन्ज फन्डका टिम लिडर अधिश कार्कीले तेस्रो चरणको च्यालेन्ज फन्डले पाँच लाखदेखि ५० लाख रुपैयाँसम्म सहयोग गर्ने जानकारी दिए । उनले प्रस्तावित सेवाको माग सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरि सहयोग रकम तोकिने  जानकारी दिए । 

      त्यस्तैगरि सहज च्यालेन्ज फण्डका वितरण प्रणाली विशेषज्ञ दिविभभक्त श्रेष्ठले च्यालेन्ज फन्डले प्रोत्साहन गरेको नवप्रवर्तनकारी सेवाहरूले कृषि क्षेत्रमा देखिएको बाधा अवरोधलाई कसरी हटाउँछन् भन्नेबारे जानकारी गराएका थिए । प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरी सहयोग रकम तोकिने उनको भनाइ छ । 

      ‘नेपालमा धेरै कम्पनीहरूले दिगो ब्रान्डिङ र प्याकेजिङ समाधानमा काम गरिरहेका छैनन। यो च्यालेन्ज फन्डले स्थानीय उत्पादकहरूलाई नवप्रवर्तनको समाधान खोज्न मद्दत गर्नेछ’, दिवीभले भने । उपकरण तथा मेसिनरी खरिदका लागि भने सहज च्यालेन्ज फन्डले सहयोग गर्ने छैन ।

      कार्यक्रमका प्रमुख अतिथि उद्योध कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका सचिव मेघनाथ तिमल्सिनमले कृषि उत्पादनहरुको प्रशोधनमा आविष्कारको आवश्यक रहेको बताए  । उनले साना भएपनि नवप्रवर्तनात्मक समाधानलाई अगाडि बढाएर ठुला आयोजनाहरु बन्ने मोडल बनाएर अगाडि बढ्न सके कोशी प्रदेशको कृषि बिकासलाई शिखरमा पुयाउन सकिने बिश्वास ब्यक्त गरे । 

      यस च्यालेन्ज फन्डका लागि असार ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदनको समयसीमा सकिएपछि पहिलो चरणको मूल्याङ्कन गरिने र सफल आवेदकहरूलाई पूर्ण व्यावसायिक योजना बुझाउन अनुरोध गरिने छ । पेस गरिएका व्यावसायिक योजनाको पूर्ण मूल्याङ्कनपछि छानिएका विजेता आवेदकले सहयोग रकम पाउनेछन ।  आवेदकको मागअनुसार अनुकूलित वित्तीय र प्राविधिक सहयोगमार्फत सहज च्यालेन्ज फन्डले लक्षित सेवाहरूमा पहुँच बढाउँदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्चस्तरको व्यावसायीकरण र आर्थिक मूल्य प्रवर्द्धनमा योगदान पु–याउने लक्ष्य राखेको बताइएको छ ।

       सम्मेलनमा विभिन्न संचार माध्यमहरू, स्विस कन्ट्याक्ट, सिप्रड, र प्राक्टिकल एक्सन क्न्सल्टिंगका प्रतिनिधिहरू भेला भएका थिए ।

      सहज कार्यक्रम भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरण नेपाल सरकार र स्वीटजरल्याण्ड सरकार बीचको द्विपक्षीय सम्झौता अन्तर्गत संचालनमा छ । 

      सहज च्यालेन्ज फण्डले मकै, अलैची, दुग्ध उत्पादन र तरकारीको मुल्य श्रृखलाहरुमा देखिएका समस्याहरु सावधान गर्न नबिन  सेवा प्रदान गर्ने सेवा प्रदायकलाई सहयोग गर्नेछ । सहज च्यालेन्ज फन्डले नवीनतम ब्रान्डिङ,प्याकेजिङ, वितरण प्रणालीसम्बन्धी लक्षित सेवाहरूमा पहुँच बढाउँदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्चस्तरको व्यावसायीकरण र आर्थिक मूल्य–प्रवर्द्धनमा योगदान पु–याउने लक्ष्य राखेको छ । 


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d