जेष्ठ २२,२०८० / ०४ : ५१ पूर्वान्ह / 2023-06-05 04:51 am

        एमालेलेद्धारा स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण सुरु

        - एक हप्ता अगाडि
        जेष्ठ १२,२०८०
        नेकपा (एमाले)ले स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण सुरु गरेको छ । प्रशिक्षण शुक्रवार बिहान साढे १० बजेदेखि पार्टी कार्यालय च्यासलमा सुरू भएको हो ।

         गत वैशाख २८ गतेदेखि ३० गतेसम्म चलेको केन्द्रीय कमिटीको बैठकले जनप्रतिनिधिहरूलाई स्थानीय तहको नीति, कार्यक्रम, बजेट निर्माणका विषयमा प्रशिक्षण दिने निर्णय गरेको थियो सोहि निर्णय अनुशार ।प्रशिक्षण शुक्रबार र शनिबार चल्ने एमालेले बताएको छ ।

        निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको नीति, दृष्टिकोण समेटेर बजेट तर्जुमा गर्न सघाउ पुगोस् बनेर प्रशिक्षण कार्यक्रम गर्न लागिएको एमालेले बताएको छ । त्यस्तै स्थानीय तहका अधिकार, योजना छनोट र तर्जुमा, पार्टीसँगको समन्वय आदि पनि  प्रशिक्षमा समेटिने छन् ।

          सम्बन्धित समाचारहरु